ग्लोबल आईएमई र जनता बैंकबीच मर्ज भई आजदेखि एकीकृत काराेबार

ग्लोबल आईएमई र जनता बैंकबीच मर्ज भई आजदेखि एकीकृत काराेबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जर प्रक्रिया पूरा भएको छ । मर्जर प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ । मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई बैंक राखिएको छ । बैंकको संचालक समिति अध्यक्षमा ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकाल नै रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनता बैंकका परशुराम कुवँर रहेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाको कर्मचारी ब्यवस्थापन पनि राष्ट्र बैंकले नै हेर्नुपर्ने अवस्था आएको बताएका छन् । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालको एकीकृत कार्यक्रममा बोल्दै गभर्नर नेपालले केही समय पहिले चेकबाट भएको ‘फल्ट’ प्रति इंगित गर्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘बैंकका कर्मचारीलाई चेक कसलाई दिन हुने, नहुने भन्ने बारेमा समेत ज्ञान छैन । यसमा समेत अब राष्ट्र बैंकले नियमन गर्नुपर्ने अवस्था आएको छ ।’ बैंक कर्मचारीको क्षमता वृद्धिका लागि छुट्याएको पैसा पनि बैंकहरुले उक्त शीर्षकमा खर्च नगरेको प्रति आक्रोश व्यक्त गरे । ‘बैंक कर्मचारीको क्षमता अभिवृद्धिका लागि मुनाफाको ३% रकम छुट्याइएको छ । यसलाई किन प्रयोग गर्नुहुन्न ?,’ उनले प्रश्न गरे ।

ग्लोबल आईएमई बैंक १८ पुस २०६३ देखि ग्लोबल बैंकको नामबाट संचालनमा आएको थियो । पछि तत्कालिन आईएमई फाइनान्ससँग मर्जर भएपछि बैंकको नाम ग्लोबल आईएमई बनेको हो । ग्लोबलले यसअघि तत्कालिन कमर्ज एण्ड ट्रष्ट बैंकसहित १० वटा बैंक वित्तीय संस्थालाई आफूमा समाहित गरिसकेको छ ।

यस्तै, जनता बैंक २३ चैत २०६६ देखि संचालनमा आएको थियो । जनता बैंकले यसअघि नै ८ वटा बैंक वित्तीय संस्थालाई आफूमा समाहित गरिसकेको थियो । अव ग्लोबल आईएमई बैंकमा १८ वटा बैंक वित्तीय संस्था समाहित भइसकेका छन् ।

Logo