राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा चिसो बढे पनि केही स्थानमा मौसम सफा रहने छ ।
आज काठमाडौंकाे न्यूनतम तापक्रम २ डिग्रीसेल्सियस रहेकाे छ भने सबैभन्दा चिसाे जुम्लाकाे तापक्रम माइनस ७.५ रहँदा सबैभन्दा अधिकतम तापक्रम जनकपुरकाे २६.२ रहने पूर्वानुमान छ ।
त्यस्तै, दिउँसो पनि प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सूदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यसैगरी राति पनि प्रदेश १ मा आंशिक बदली, सूदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा चिसोसँगै मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।































प्रतिक्रिया