रियल मड्रिड बराबरीमा रोकियो

रियल मड्रिड बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको प्रतियोगितामा रियल मड्रिड एल्चेसँग बराबरीमा रोकिएकाे छ ।

म्यानुअल मार्टिनेज भालेरोमा भएको खेलमा रियल घरेलु टोलीसँग १-१ को बराबरीमा रोकिएको हो। खेलको २० औं मिनेटमा लुका मोड्रिचको गोलमा रियलले अग्रता बनाएको थियो । तर दोस्रो हाफको ५२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै फिडेल छाबेसले गोल गरे। त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा रोकिएकाे हाे ।

गएरातिको खेलसँगै १६ खेलबाट ३३ अंक जोडेको रियल मड्रिड तालिकाको दोस्रो स्थानमा छ।

Logo