प्रधानमन्त्री केपी शर्मा ओली १० दिनकाे उपचारपछि आज डिस्चार्ज भएका छन् । बिहिबार साढे तीन बजेपछि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित महमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज भएका हुन्। प्रधानमन्त्री ओलीले स्वास्थ्य लाभ गरेर अस्पतालबाट फर्किदै गर्दा संक्षिप्त प्रतिक्रिया दिँदै भने– ‘सन्चो भएर घर जान लागेको हुँ ।’
गत मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति अस्पताल पुगेको यो दोस्रो पटक हो। यसअघि मंसिर १२ गते साँझ पनि राष्ट्रपति भण्डारी अस्पताल पुगेकी थिइन्।
अस्पतालले प्रधानमन्त्रीकाे स्ववास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी सहयोग गरेकाे भन्दै सबैलाई धन्यवाद दिएकाे छ भने केही दिन आराम गर्न सुझाव समेत दिए । प्रेस विज्ञाप्ति जारी गर्दै उपचारमा संलग्न सबैप्रति आाभार प्रकट गरे ।






























प्रतिक्रिया