काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे डिस्चार्ज आजै हुने भएको छ । गत मंसिर १० गतेदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीकाे डिस्चार्ज आजै गर्न लागिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
सल्लाहकार थापाका अनुसार प्रधानम्त्रीलाई दिउँसो ३ बजे डिस्चार्ज गर्न लागिएकाे हाे । त्यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी छन् ।
प्रधानमन्त्री ओलीकाे डिस्चार्ज भएपनि एक हप्ता पूर्ण रुपमा आराम गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।





























प्रतिक्रिया