वासिङ्टन,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदीय अधिकारको दुरुपयोगमा महाभियोग लगाउन यथेष्ट प्रमाण रहेको उनीविरुद्ध महाभियोग अनुसन्धानको नेतृत्व गरिरहेको एउटा समितिले जनाएको छ।
‘संयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्वार्थविपरीत राष्ट्रपति ट्रम्पले आफ्नो व्यक्तिगत लाभका लागि पदीय दुरुपयोग गरेको’ एउटा प्रमुख प्रतिवेदनमा उल्लेख गरिएको छ।
ट्रम्प–युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदनलाई मंगलबार संसद्को तल्लो सदनको गुप्तचरी सम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको हो।
प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध पुर्याएको तथा आगामी चुनावमा आफ्नो हितका लागि युक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएका छन्।
राष्ट्रपति ट्रम्पले आफूविरुद्धका साक्षीलाई तर्साउन खोजेको अनि समितिले बोलाएका कर्मचारीलाई अटेर गर्न दबाब दिएको पनि आरोप लागेका छन्।
एजेन्सी





























प्रतिक्रिया