निर्वाचन आचारसंहिता पालनामा सुधार

निर्वाचन आचारसंहिता पालनामा सुधार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

पछिल्लो समय निर्वाचनको समयमा राजनीतिक दलहरुले आचारसंहिताको पालना गर्ने कार्यमा सुधार भएको पाइएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले उपनिर्वाचन पर्यवेक्षण ०७६ बारे जानकारी दिनका लागि बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो ।

पहिले–पहिले निर्वाचनको समयमा विभिन्न किसिमका मानवीय क्षति र मतदान केन्द्रसमेत दलहरुले आफ्नो कब्जामा लिने गरेका अभ्यास रहेको पनि बताएका थिए । गत १४ गते भएको उपनिर्वाचनका बारेमा जानकारी दिँदै नियोकका महासचिव गोपालकृष्ण शिवाकोटीले शून्य समयमा राजनीतिक दलहरुले मत आफ्नो पक्षमा पार्नका लागि विभिन्न किसिमका क्रियाकलाप गरेको बताउनुभयो ।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन डा आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन कहिले गर्ने भन्ने विषय निर्वाचन ऐनमै समावेश गर्नुपर्ने सुझाव दिनुभयो । निर्वाचनपश्चात मतगणना कार्य पनि निर्वाचनस्थलमै गर्दा आर्थिक भार कमसँगै समयको बचत हुँदा मत परिणाम पनि छिटो गर्न सक्ने बताउनुभयो । नियोकले उपनिर्वाचनका लागि चार तहमा आफ्ना प्रतिनिधि खटाएको थियो । ३७ जिल्लाको ५२ तहमा गत १४ गते उपनिर्वाचन भएको थियो ।

कार्यक्रममा सहभागीहरुले ३० प्रतिशत मतदाता देश बाहिर रहेकाले उनीहरुलाई पनि आगामी निर्वाचनको समयमा सहभागी गर्ने व्यवस्था गर्नुपर्ने बताएका थिए ।

Skip This
Skip This
Logo