काठमाडौं,
१३ औं साग पुरुष फुटबल अन्तर्गत बुधबार साँझ नेपाल र श्रीलंका बीचको खेल एक–एक गोलको बराबरीमा सकिएको छ । घरेलु मैदानमा एक गोलको अग्रता बनाउन नसक्दा नेपालले बराबरी खेलेको हो । श्रीलंकाली खेलाडीले अनन्त तामाङलाई डी बक्सभित्र हाइफल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।
खेलको ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयमा नेपाल गोल खान पुग्यो ।
त्यस्तै, श्रीलंकाका लागि मोहम्मद आतिबले चार मिनेट अतिरिक्त समय थप्दा ९१ मनेटमा गोल गरे । उनले गोल गर्दै श्रीलंकालाई हारबाट जोगाएका थिए । बराबरीपछि पनि नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा भुटानलाई ४–० ले हराएको नेपालको चार अंक छ भने श्रीलंकाको २ अंक छ । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया