१३ औ साग : दोश्रो दिन बंगलादेशलाई तीन स्वर्ण

१३ औ साग : दोश्रो दिन बंगलादेशलाई तीन स्वर्ण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

१३ औ साग खेलकुद अन्तर्गत मंगलबार भएका करातेका ६ स्पर्धामा बंगलादेशले तीन स्वर्ण पदक जितेको छ । नेपालले २ तथा पाकिस्तानले एक स्वर्ण पदक जिते ।

पुरुष ६० किलो तौल समुहको फाइनलमा पाकिस्तानका इक्वाल जाफरलाई ७ –३ ले हराउदै बंगलादेशका मोहम्मद अलामिन अस्मिनले स्वर्ण पदक जिते । सो स्पर्धामा नेपालका राजिव पुडासैनी र श्रीलंकाका विक्रम मुणाले कास्य पदक जिते । महिलाको ५५ किलो तौल समुहमा पाकिस्तानकी कुसुम सानालाई ५–४ ले हराउदै बंगलादेशकी मोहम्मद अख्तर प्रीयाले स्वर्ण पदक जितिन् । सो स्पर्धामा नेपालकी मनीषा चौधरी र श्रीलंकाकी मुकादम बसमले काश्य पदक जिते । महिलाको ६१ किलो तौल समुहमा नेपालकी अनु गुरुङलाई ५–२ ले हराउदै बंगलादेशकी हुमारा अख्तरले स्वर्ण पदक जितिन् । सो स्पर्धामा पाकिस्तानकी गुल नाज र श्रीलंकाकी जयकोडे अर्चांगेले काश्य पदक जिते ।

पुरुष ६७ किलो तौल समुहमा पाकिस्तानका अहमद नासेरलाई ८–६ ले हराउदै नेपालका नविन रसाइलीले स्वर्ण पदक जिते । पाकिस्तानका मोहम्मद फरदुस र श्रीलंकाका फ्रान्सेस्को हटेगुले काश्य पदक जिते । नेपालकी सुनिता मर्हजनले ६८ किलो तौल समुहमा पाकिस्तानकी कुलसुमलाई ८–२ ले हराउदै स्वर्ण पदक जितिन् । ७५ किलो तौल समुहको फाइनलमा नेपालका गंगाराम कशहवारलाई ८–० ले हराउदै पाकिस्तानका गुलाम अब्बबास सादिलले स्वर्ण जिते । सो स्पर्धामा श्रीलंकाका बन्डारीग्डे कसुन र भुटानका सेराब वान्चुकले काश्य पदक जिते ।

Logo