प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर वितरण गर्ने

प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर वितरण गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रभु बैंकको १८ औं वार्षिक साधारणसभाले गत आव ०७५/७६ को मुनाफाबाट गत आवमा कायम चुक्तापुँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

मंगलबार सम्पन्न १८ औं वार्षिक साधारणसभाले संस्थापक समूहतर्फ कायम रहेको ५५ प्रतिशत र सर्वसाधारण समूहतर्फ कायम रहेको ४५ प्रतिशतको सेयर स्वामित्वमा संशोधन परिवर्तन गरी संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत सेयर स्वामित्व कायम हुने गरी बैंकको जारी तथा चुक्तापुँजीको संरचना संशोधन परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।

बैंकको सञ्चालक समितिमा सेयर स्वामित्वको आधारमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जनाको प्रतिनिधित्व हुने गरी प्रस्ताव पारित गर्नुका साथै धितोपत्र सम्बन्धी कारोबार गर्ने सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्थापन गर्नका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णयसमेत पारित गरेको छ ।

Logo