१३ औं दक्षिण एसियाली खेलकुद (साग) को यो संस्करणमा नेपालले २१ स्वर्ण पदक हात पारेको छ ।
आज काजल श्रेष्ठ, सुनिता महर्जन, सन्तोषी श्रेष्ठ, विजय सिञ्जाली, सुस्मिता तामाङ, हिमाल टमटा र नवीन रसाइलीले स्वर्ण पदक जितेका छन् । यसअघि सोमबार नेपालले १५ स्वर्ण जितेको थियो ।
पछिल्लो अपडेटसंगै नेपालले साग खेलकुदमा स्वर्ण पदकको संख्या एक सय एक पुर्याएको छ । सन् १९९९ मा आयोजित सागमा नेपालले अहिलेसम्मकै सर्वाधिक अर्थात ३२ स्वर्ण जितेको थियो। जारी संस्करणमा प्राप्त सफलता त्यसयताको दोश्रो सफलता हो ।
यसअघि सन् १९८४ मा चार, १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ दुई १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो । त्यस्तै २००४ मा ७, २००६ मा १५, २०१० मा ८ र २०१६ मा ३ वटा स्वर्ण जितेको थियो ।





























प्रतिक्रिया