चितवन,
चितवनको खैरहनी नगरपापलिकाको वडा नम्बर ४ र ५ मा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वार विजयी भएका हुन्।
खैरहनी ५ को वडाध्यक्षमा प्रतिमा कार्की बस्नेत विजयी भएकी छिन् । उनले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।
खैरहनी ४ मा पनि काँग्रेसका उमेद्वार विजयी भएका छन् । यहाँ काँग्रेसका देब बहादुर बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई हराएका हुन् । बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका छन् ।
यस्तै भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमालले जितेका छन् । खैरहनी नगरपालिका ४ मा देब बहादुर बस्नेत, ५ मा प्रतिमा कार्की विजयी हुँदा सत्तारुढ दलले एउटा वडामा पनि जित्न सकेनन्।
यता अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ३ नं वडामा पनि कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन् ।





























प्रतिक्रिया