उपनिर्वाचन ०७६ : घट्यो भक्तपुरमा मतदान प्रतिशत

उपनिर्वाचन ०७६ : घट्यो भक्तपुरमा मतदान प्रतिशत

केन्द्रबिन्दु
0
Shares

भक्तपुर,

भक्तपुर क्षेत्र नं १ प्रदेश क (पूरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्र) मा शनिबार सम्पन्न निर्वाचनमा गएको चुनावमा भन्दा कम प्रतिशत मतदान भएको छ ।

यस पटक जम्मा ७१ दशमलब १६ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा गएको निर्वाचनमा ७५.२५ प्रतिशत मत खसेको थियो । तर यस पटक करिब चार प्रतिशतले घटेर ७१ प्रतिशत मात्रै मतदान भएको छ ।

बिहानदेखि झण्डै सबै मतदान स्थलहरुमा मतदाताहरु शून्य प्रायः देखिएका थिए । खासै कहीकतै पनि मतदाताहरु मत खसाल्नका लागि लामो लाइन बस्नु परेको देखिएन । जाने बित्तिकै मत खसाल्न पाउने जस्तै अवस्था सबै मतदान स्थलतिर देखिएको थियो ।

गएको प्रदेश सभाको निर्वाचनमा यस क्षेत्रमा कूल ३८ हजार नौ सय ७६ मतदाता थिए । जसमध्ये ७५.२५ प्रतिशत अर्थात् २९ हजार तीनसय ३१ मत खसेको थियो । यसपटक यस क्षेत्रमा कूल ४५ हजार १५ जना मतदाता रहेका थिए । २०७४ को निर्वाचनभन्दा अहिले यस क्षेत्रमा सात सय ४८ महिला र सात सय ३६ पुरुष गरी कूल एक हजार चार सय ८४ मतदाता थपिएका थिए । तर सय पटक ३२ हजार ३७ मत मात्रै मत खसेर त्यो प्रतिशत ७१ मा खुम्चियो ।
नागरिकबाट

Logo