प्रचण्ड पत्‍नी अस्पताल भर्ना भएपछि प्रचण्ड-नेपाल समूहकाे बैठक स्थगित

प्रचण्ड पत्‍नी अस्पताल भर्ना भएपछि प्रचण्ड-नेपाल समूहकाे बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्यमा समस्या देखिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

सीता दाहाललाई अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिइन् । अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्था विग्रिएपछि स्थायी कमिटि बैठक स्थगित भएको छ ।

उनलाई आकस्मिक रुपमा मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। अध्यक्ष उपस्थित नहुने भएपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो । प्रचण्डपत्नी अस्पताल भर्ना भएसँगै आन्दोलनका थप कार्यक्रम घोषणा पनि स्थगित भएको छ।

 

Logo