माटोको ढिस्कोले पुरिएर चन्द्रागिरिमा दुई जनाको मृत्यु

माटोको ढिस्कोले पुरिएर चन्द्रागिरिमा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

चन्द्रागिरिमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ खुशी होटल नजिक बाटो बनाउने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरेर दाङ बबई गाउँपालिका–१का प्रेम पुन र प्रकाश घर्तीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले बाटो बनाउने क्रममा एक्कासि माटोको ढिस्को खसेर दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृतकको शव अहिले ओम समाज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo