आइएमई बम्पर बिजेता बने सप्तरीका विरेन्द्र

आइएमई बम्पर बिजेता बने सप्तरीका विरेन्द्र

केन्द्रबिन्दु
0
Shares

बैंकिङ च्यानलबाट रेमिट्यान्स भित्र्याउँदै आएको आइएमई लि. ले दशैंका अवसरमा ल्याएको ‘दशैंमा डबलको डबलको डबल’ अफरको बम्पर बिजेता सप्तरीका खत्वे विरेन्द्र खाङ्ग बनेका छन् ।

आइएमईले काठमाडौंमा बिहीबार एक कार्यक्रम गरी लक्कि ड्र मार्फत बिजेता घोषणा गरेको हो । बिजेता खत्वेले आइएमई मार्फत ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । उनले बम्पर अफर मार्फत पठाएको रकमको आठ गुणा ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ जितेका छन् ।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएईले ल्याएको यस्तो योजनाले विदेशमा बसेर कमाएको रकमलाई बैंकिङ प्रणालीमार्फत देशमा भित्र्याउन सहयोग पुगेको बताए । चाडपर्व लक्षित योजनाहरुले देशको समग्र अर्थतन्त्रसँगै सेवाग्राही र कम्पनीलाई समेत फाइदा पुगको उनले बताए ।

त्यस्तै आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले यस वर्षको स्किममा सेवाग्रहीको उल्लेख्य सहभागिता रहेको बताए । ब्राण्ड एम्बास्डर दीपकराज गिरिले आइएमईले ल्याएका विभिन्न अफरहरुका कारण आइएमई सफल ब्राण्ड बनेको बताए ।

आइएमईले यस वर्षको दशैंमा डबलको डबलको डबल अफर अन्तर्गत दैनिक लक्की ड्र मार्फत ११ हजार ९ सय ३१, साप्ताहिक लक्की ड्र मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ जना र बम्पर लक्की ड्र मार्फत १ जना सेवाग्राहीलाई बम्पर उपहार उपलब्ध गराएको हो ।

आइएमईले गत भदौ १५ गते देखि कात्तिक मसान्त सम्मका लागि उक्त अफर सार्वजनिक गरेको थियो ।

Logo