अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानी कालाखोलामा बस दुर्घटना भएको छ । सन्धीखर्कबाट बुटवल जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा १० जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । बस घुम्तीबाट झण्डै तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु २ ख २१४७ नम्बरको बस दुर्घटना भएको हो ।
बसमा कति यात्रु सवार थिए र के कति कारणले दुर्घटना भएको हो भन्ने बारेमा थाहा नभइसकेको प्रहरीले बताएको छ। दुर्घटनामा परेकाको उद्धार भइरहेको छ। दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका यात्रुको जिल्ला अस्पताल सन्धीखर्क र बुटवल अस्पतालमा उपचार भइरहेको छ । घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।





























प्रतिक्रिया