विगत लामो समयदेखि बस्न नसकेको त्रिभुवन विश्वविद्यालय(त्रिवि)को साधारणसभा बोलाइएको छ ।
वर्षमा दुई पटक बस्नुपर्ने सभा डेढ बर्षदेखि बस्न नसकेकामा नयाँ उपकुलपतिको नियुक्तिसँगै यही शुक्रबार डाकिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।
त्रिविको उपकुलपतिमा गत महिना प्रा. डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका थिए ।
यसैगरी सभामा पुनरावेदन आयोगको अध्यक्ष नियुक्ति गर्ने सम्बन्धमा प्रस्ताव पेश गरिने भएको छ ।
सभामा कार्यकारी परिषद्का लागि मनोनित भएका विनोद पराजुली, डा. राजेन्द्रप्रसाद पौडेल, प्रा. डा. रामप्रसाद खतिवडाको नाम अनुमोदन गरिने भएको छ । उनीहरूलाई त्रिवि परिषद्ले पहिल्यै मनोनित गरे पनि सभाबाट अनुमोदन भएको थिएन । रासस





























प्रतिक्रिया