केन्या,
केन्यामा निरन्तर वर्षासँगै आएको बाढीका कारण ३६ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा यसको बढी असर परेको छ । मृत्यु हुनेमा सातजना बालबालिका पनि छन् । बाढीसँगै केही स्थानमा पहिरो पनि गएको छ । जसले चारवटा पुल बगाएको छ ।
बाढीका कारण थुप्रै मानिस विस्थापित हुनुका साथै केही गाउँ बाढी र पहिरोको जोखिममा परेका छन् । कतिपय स्थानमा उद्धारका लागि हेलिकप्टर पठाइएको छ ।
केन्याका राष्ट्रपति उहुरु केन्यात्ताले विज्ञप्ति जारी गर्दै सेना र प्रहरी सहित उद्धार टोलीलाई प्रभावित स्थानमा खटाएको जनाएका छन् ।
एजेन्सी





























प्रतिक्रिया