क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
केन्द्रबिन्दु
८ मंसिर २०७६, आईतबार
0
Shares
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणिमा स्थानीय बासिन्दाले आइतबार दिउँसोदेखि पूर्वपश्चिम राज मार्गअवरुद्ध गरेका छन् । नम्बर नखुलेको सवारी साधनले शुक्रबार राति पैदल यात्रु ३० वर्षीय रामबहादुरलाई ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएपछि स्थानीय बासिन्दाले सवारीसाधनको पहिचान गरी कार्वाही गरिनुपर्ने, क्षतिपूर्तिको रकम उपलव्ध गराइनु पर्ने र घाइतेको उपचार खर्च उपलव्ध गराइनु पर्नेलगायतका माग अघि सार्दै राजमार्ग अवरुद्ध गरेका हुन् ।
पैदल हिड्दै गरेका अर्का महाकाली नगरपालिका–२ का रामबहादुर ठगुन्ना सोही सवारीसाधनको ठक्करबाट घाइते भएका थिए । माग पुरा नहुँदासम्म अवरुद्ध सडक नखुलाइने स्थानीय राम नाथले बताए । शनिबारसमेत स्थानीय बासिन्दाले केही बेर पूर्वपश्चिम राजमार्ग बन्द गरेपछि प्रहरीले ठक्कर दिने सावरीसाधन नियन्त्रणमा लिई सकिएको बताएपछि अवरुद्ध राजमार्ग खुलाएका थिए । ठक्कर दिने सवारीसाधनको पहिचान खुल्न नसकेका कारण सडक अवरुद्ध गर्नुपरेको स्थानीय बासिन्दाको भनाइ छ । मृतक रोकाया कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया घर भई कृष्णपुरमा काकाको घरमा बस्दै आएका थिए । राजमार्ग अवरुद्ध भएपछि लामो र छोटो दुरीका यातायाका साधान प्रभावित भएका छन् । यात्रुले पैदल नै गन्तव्यमा पुग्नु पर्ने अवस्था सृजना भएको छ ।
प्रतिक्रिया