एनसेलको नयाँ एनसेल सेन्टर नेपालगञ्जमा

एनसेलको नयाँ एनसेल सेन्टर नेपालगञ्जमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  एनसेल प्राईभेट लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगञ्जको पुष्पलालचोक–२ मा गत बिहीबारदेखि सुविधा सम्पन्न नयाँ एनसेल सेन्टर संचालनमा ल्याएको छ ।

एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले बिहीबार एक कार्यक्रममाझ उक्त सेन्टरको उद्घाटन गरे । संचालनमा आएको उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’अनुरूप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पुर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ ।

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि ल्याएको छ ।

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवा समेत लिन सक्छन् ।

त्यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरू र विजप्लानहरू बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर लगायतका अन्य सम्पुर्ण ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् ।

आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवाको अनुभव प्रदान गर्नेे प्रतिबद्धता अनुरूप, यस नयाँ सेन्टरले ग्राहकलाई थप मूल्य प्रदान गर्ने कम्पनीको दाबी छ ।

Logo