प्राधिकरणका इलेक्ट्रिकल हेल्पर घुससहित नियन्त्रणमा

प्राधिकरणका इलेक्ट्रिकल हेल्पर घुससहित नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

बारा,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण कलैया वितरण शाखा बारामा कार्यरत इलेक्ट्रिकल हेल्पर (तह–२) राजदेव महतो कोइरीलाई नौ हजार घुसहित विहिबार नियन्त्रणमा लिएको छ ।

नयाँ विद्युत् मिटर जडान गर्नका लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले निजलाई सेवाग्राहीसँग नौ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।

इलेक्ट्रिक हेल्पर कोइरीलाई कलैया उपमहानगरपालिका–३ स्थित चिया पसलबाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै आयोगले भन्सार शुल्क तिरेर भारतको वनबासाबाट मालसामान ल्याउने व्यापारीसँग घुस लिएको आरोपमा कञ्चनपुरको इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दीपक चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले निजलाई पाँच हजार घुससहित रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

Skip This
Skip This
Logo