नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज बिहान ११ बजे

नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज बिहान ११ बजे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज बिहान ११ बजे हुने भएको छ। राष्ट्रपति कार्यलयमा नव नियुक्ति मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद हेरफेर गरेका थिए । प्रधानमन्त्री ओलीले ६ मन्त्री र दुई राज्यमन्त्री बर्खास्त गरेका छन् भने ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बुधबार साँझ २५ सदस्यीय नयाँ मन्त्रिमण्डलको पुनर्गठन गर्नुभएको थियो ।

नयाँ मन्त्रीमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ हुनुहुन्छ । त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहनुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Logo