डोनल्ड ट्रम्पको आकस्मिक स्वास्थ्य परीक्षण लुकाइयो

डोनल्ड ट्रम्पको आकस्मिक स्वास्थ्य परीक्षण लुकाइयो

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन,

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निजी चिकित्सकले ट्रम्पको स्वास्थ्य जाँच गराएको समाचार अस्वीकार गरेका छन् । छातीको दुखाइका कारण केही घण्टा अस्पताल पुगेर ल्याब परीक्षण गराएको कुरा चिकित्सकले इन्कार गरेका हुन् ।

जब कि, ट्रम्प शनिबार वाल्टर रिड नेश्नल मिलिटरी मेडिकल सेन्टरमा पुगेर स्वास्थ्य जाँच गराएका थिए । जुन कुरा ट्रम्पका चिकित्सक सिन कोन्लीले अस्वीकार गरेका हुन् । ‘केही अनुमानका बावजुद राष्ट्रपतिलाई कुनै छातिको दुखाइ थिएन । न त कुनै आपतकालिन उपचार नै गराए,’ कोन्लीले भने ।

स्थानीय मिडियाका अनुसार ट्रम्पको छातिको दुखाइका कारण स्वास्थ्य परीक्षण तालिकामै थियो । सोमबार भने वासिङ्टन पोस्टले ट्रम्पको स्वास्थ्यबारे सम्पादकीय नै लेखेको थियो । ‘ट्रम्पको रहस्यमयी अस्पताल भ्रमणले उब्जाएका प्रश्न’ शीर्षकमा सम्पादकीय थियो ।

ट्रम्पले यो परीक्षणलाई ‘वार्षिक नियमित परीक्षण’ भने पनि पत्रिकाले गत फेब्रुअरीमा मात्रै नियमित परीक्षण गराएकाले त्यस्तो हुन नसक्ने जनाएको छ । पोस्टले राष्ट्रपतिको स्वास्थ्यबारे जानकारी हरेक अमेरिकी नागरिकले पाउनुपर्ने तर्क गरेको थियो ।
एजेन्सी

Skip This
Skip This
Logo