काभ्रेको महाभारतमा भाडादर घटाउने सहमति

काभ्रेको महाभारतमा भाडादर घटाउने सहमति

केन्द्रबिन्दु
0
Shares

बनेपा,

काभ्रेको महाभारत गाउँपालिका–१ छोटेसाहनसम्म यातायात सेवा दिँदै आएको गणेश हिमाल तराई यातायात प्रालिले आजदेखि भाडा दर घटाउने सहमति गरेको छ ।

सो यातायातले बनेपाबाट रोशी गाउँपालिकाको भिमखोरी जुगेपानीहुँदै सिन्धुलीको रामपुर भएर बनखु–घर्तिछाप–गोकुले छोटेसाहन सम्म सेवा दिने गरेको छ । गाउँपालिका र प्रालिबीच मंगलबार भएको छलफलमा बनेपाबाट महाभारत गाउँपालिका–१ छोटेसाहनसम्मका लागि ५८० भाडा कायम गरिएको छ । गत वर्षदेखि सेवा दिन थालेको सो प्रालिले यसअघि ७८० भाडा लिने गरेको थियो ।

भाडा घटाउने विषयमा पटक÷पटक स्थानीय बासिन्दाले आवाज उठाएको भए पनि प्रालिले सुनुवाइ गरेको थिएन । सो विषयमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र प्रालिका निर्देशक आत्माराम थापा र सञ्चालक केशव पौडेलबीच भएको छलफलले पहिलाको भन्दा २०० कममा सेवा दिने सहमति भएको हो ।

गाउँपालिकाको आर्थिक सहयोगमा मोटरबाटोको ट्र्याक खोलेसँगै स्तरोन्नति गरेपछि कात्तिक ६ गतेदेखि काभ्रे बस प्रालिको यात्रुवाहक बसले कटुञ्जे–सिसाखानी, बुढाखानी–फोक्सिङटार हुँदै घर्तिछाप–गोकुलेका लागि बस सेवा दिन थालेको छ । सो रुट हुँदै गोकुलेको धाप मैनडाँडासम्म दैनिक बस सेवा शुरु भएको छ । सो रुटमा पनि बनेपा–गोकुलेसम्म भाडादर ५८० कायम गरिएपछि गणेश हिमाल यातायात प्रालिले पनि भाडादर घटाएको हो ।

Logo