मोरङको जहदा गाउपालिका वडा नं. १ का कार्यवाहक वडाध्यक्ष उमेशकुमार साह घुस लिदालिदैं पक्राउ परेका छन् ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट २१ हजार रुपैया घुस लिदालिदै रंगेहात नियन्त्रणमा लिएको हो । सडक स्तरोन्नतिका लागि दुई लाख रुपैयाको योजना सम्झौता गर्ने क्रममा साहले २१ हजार घुस मागेको अख्तियार दुरुपयोग अनुसंधान आयोग इटहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका वडा नं. १४ का समानन्द यादवको हत्या आरोपमा जहदा वडा नं. १ का वडाध्यक्ष प्रदीप यादव फरार भएपछि उमेश कुमार साह कार्यवाहक भएका थिए ।





























प्रतिक्रिया