कांग्रेसद्वारा सरकारको २१ महिनाको २१ असफलता प्रस्तुत

कांग्रेसद्वारा सरकारको २१ महिनाको २१ असफलता प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको समीक्षा गर्दै २१ वटा असफलता सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले २१ महिनामा सरकार चुकेको २१ बुँदा प्रस्तुत गरेका हुन्।  कांग्रेसले सरकारको असफलता समेटिएको एक पुस्तिका नै सार्वजनिक गरेको छ ।

२१ असफलता अन्तर्गत सीमा विवाद, वाइडवडी खरिद प्रक्रिया, बुढिगन्डकीजस्ता ठूला परियोजनालाई अलपत्र पारेको, अन्तिम चरणमा रहेको मेलम्ची परियोजनालाई थप अन्यौलपूर्ण बनाएको, गोविन्द केसीले उठाएका गम्भीर मुद्दालाई सम्बोधन नगरेको लगायत रहेका छन् ।

त्यसैगरि मिडिया काउन्सिलसम्बन्धी विधेयक आदि मार्फत् प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको, आस्थाका आधारमा पत्रकारलाई कारबाही गरेको, बालुवाटार जग्गा कान्डमा सत्तापक्षका नेताहरुको बचाऊ गरेको, विपक्षी र नागरिक समाजप्रति सत्तापक्ष निरन्तर असहष्णिु बन्दै गएको दाबी गरिएको छ।  शेयर बजारको ओरालो यात्राले समग्र अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको संकेत गरेको, सामाजिक सुरक्षा कोष निष्प्रभावी बनाएको, गुठी प्रकरणलाई समाधान गर्न नसकेको लगायतका कुराहरू पनि समेटिएको छ।

Skip This
Skip This
Logo