ठेकेदारकै कित्तामा पुगे अब जनप्रतिनिधि पनि, सडकको पोलमा टाँगियो मेयरको फोटो

ठेकेदारकै कित्तामा पुगे अब जनप्रतिनिधि पनि, सडकको पोलमा टाँगियो मेयरको फोटो

केन्द्रबिन्दु
0
Shares

महानगरपालिकाले सडक निर्माणमा बेवास्ता गरेको भन्दै विराटनगर–६ का स्थानीयले मेयर भीम पराजुलीको फोटो सडकको पोलमा टाँगेका छन्। यसअघि भक्तपुरको नगरकोट र दोलखाको चरिकोटका स्थानीयले सडक नबनाउने ठेकेदारका तस्बिर सवारी साधन र बिजुलीका पोलमा टाँसेका थिए।

कोसी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जाने बाटो निर्माण नभएपछि स्थानीयवासीले मंगलबार बिहान मेयरको फोटो टाँगेर भद्र विरोध जनाएका हुन्।

स्थानीयले ‘हाम्रो विराटनगर, राम्रो विराटनगर’ लेखिएको पोष्टर बिजुलीको पोलमा टाँगेका  छन्। पृष्ठभूमिमा धूलो र अव्यवस्थित संरचना देखिन्छ ।

विराटनगर महानगरपालिकाभित्र ढल तथा नाला निर्माण गर्ने गरी क्षेत्रीय सहरी विकास परियोजना सञ्चालित छ। तर परियोजनाले समयमै काम नगर्दा नगरबासीले समस्या भोग्दै आएका छन्।

 

Skip This
Skip This
Logo