पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा ८ जना नेपाली क्रिकेटर परेका छन् ।
सोमबार पीएसएलले सार्वजनिक गरेको सिल्भर क्याटगेरीमा पुर्व कप्तान पारस सहित, आरिफ शेख, विकेट कीपर विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी ड्राफ्टमा परेका हुन् ।
लेग स्पिनर सन्दीप लामिछाने भने प्लेटिनम क्वाटगेरीमा रहेका छन् । सन्दीप रहेको क्याटगेरीमा अफगानिस्तानका राशिद खान, मोहम्मद नाबी, मुजिव उर रहमान, मोइन अली, एलेक्स हक्स, जोसन रोय, कोलिन मुनरो,जेपि ड्युमिनी, डेल स्टेन, सुनिल नारायण,काइरन पोलार्ड, ड्वेन ब्राभो लगातका खेलाडी रहेका छन् ।
पीएसएलको ड्राफ्ट आगामी डिसेम्बर ६ र ७ मा हुनेछ ।





























प्रतिक्रिया