बर्दिया,
बर्दियाको गुलरिया नगरपालिका–७ भन्सारको बाटोमा ५८ किलो लागुऔषध चरेशसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा आइतबार प्रहरी सहायक निरीक्षक शुनिल वश्यालसहितको टोलीले गस्ती गर्दै जाने क्रममा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा जाँच गर्दा झोला भित्र लुकाइछिपाइ राखेको ५८ किलो लागूऔषध चरेश, नगद ३२ हजार ५९८ र पाँच थान मोबाइल बरामद गरेको हो ।
चरेश बरामद गरेलगत्तै पाँचैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रामशङ्कर कोहरले जानकारी दिनुभयो ।
ठूलो रकमसहित अवैध हुण्डी कारोवारी पक्राउ
ठूलो रकमसहित अवैध हुण्डी कारोवार गरेको आरोपमा प्रहरीले काठमाडौँको कुलेश्वरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बेतिया घर भएका सत्यनारायण प्रसाद रहेको महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनको कोठामा छापा मार्दा ३६ लाख नगद, साट्न राखेको ३७ लाख पाँच हजारको चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो । पैसा र चेकसहित उनलाई थप कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया