करणीको आरोप लागेपछि कार्यालय प्रमुख फरार

करणीको आरोप लागेपछि कार्यालय प्रमुख फरार

केन्द्रबिन्दु
0
Shares

वीरेन्द्रनगर,
यहाँका एक सरकारी कार्यालयका प्रमुखलाई जबरजस्ती करणीको आरोप लागेको छ । स्थानीय एक युवतीले वीरेन्द्रनगरस्थित साल्ट टेड्रिङ कर्पोरेशनका प्रमुख रामबाबु गुप्ताविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जाहेरी दर्ता लगत्तै कार्यालय प्रमुख गुप्ता फरार छन् । गुप्ताले कार्यालयमै बोलाएर पटकपटक यौनशोषण गरेको ती युवतीको आरोप छ । प्रहरीले एक सातादेखि फरार गुप्ताको खोजी भइरहेको बताएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले युवतीको जाहेरीका आधारमा गुप्ताविरुद्ध जबरजस्ती करणी सम्बन्धी अभियोगमा मुद्दाको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

Logo