चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
युनिसेफका सद्भावना दूतका रूपमा नेपाल आएका तेन्दुलकरले आइतबार प्रधानमन्त्री निवासमा ओलीलाई भेटेका हुन्। सचिन शुक्रबार राति नेपाल आएका थिए।
सचिनले नेपालले बाल अधिकारका बारेमा गरेका कामको प्रशंसा गरेको प्रधानमन्त्री ओली आफ्नो ट्वीटर मार्फत जानकारी गराएका छन्।

प्रम ओलीले लेखेका छन्- ‘उनले बालअधिकारको संरक्षण र उनीहरूको हितका लागि नेपालले गरेको प्रयास प्रशंसाजनक रहेको बताए ।’
यसअघि सचिनले शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट खेलेका थिए।
बालअधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा युनिसेफ नेपालले कीर्तिपुर मैदानमा सचिनको टिम र पूर्वकप्तान विनोद दासको टिमबीच मैत्रीपूर्ण क्रिकेटको आयोजना गरेको थियो।





























प्रतिक्रिया