पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार

पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार

केन्द्रबिन्दु
0
Shares

सुनसरी,

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने बताउनुभएको छ । उहाँले गुटउपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा शनिबार आयोजित कार्यकर्ता भेलामा नेता गच्छदारले आफू पार्टीभित्र कुनै गुटको राजनीतिमा नलाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अहिले पार्टीमा रहेको गुटउपगुटलाई मिलाउनका लागि आफूले सक्दो पहल गरिरहेको बताउनुभयो । वर्तमान सरकारबाट जनता आजित भएको उपसभापति गच्छदारको भनाइ थियो ।

Logo