मिर्गौलाको थप उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) ग्राण्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नका लागि शनिबार अस्पताल पुगेका हुन् । "/>

प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

केन्द्रबिन्दु
0
Shares

मिर्गौलाको थप उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) ग्राण्डी अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओली मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नका लागि शनिबार अस्पताल पुगेका हुन् ।  कात्तिक १२ र १३ गते डायलासिस गर्दा ओलीको मिर्गौलामा स्टेन्ट राखिएको थियो । त्यसपछि उनी डाक्टरहरूको नियमित निगरानीमा रहँदै आएका छन् । शनिबार उनको नियमित जाँच समेत हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्री ओलीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकलाई समेत जानकारी गराएका थिए ।  प्रधानमन्त्री ओलीले नियममित डायलासिस गर्ने अवस्थाको विकल्पका लागि मिर्गौला फेर्ने मनस्थिति बनाएका छन् ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।

Logo