चर्चित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य रूप ज्योति हिरासतमुक्त भएका छन् । जाहेरवाला पक्षसँग आपसी मिलापत्र गरेपछि उनी हिरासतमुक्त भएका हुन्।
प्रहरीले ज्योतिमाथि ठगी मुद्दामा अनुसन्धान गरिरहेको थियो। जिल्ला सरकारी वकिल कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएपछि ज्योतिलाई थुनामुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले बताए।
उनी र व्यवसायी विजेन्द्रकृष्ण मल्लबीच लेनदेन विवाद थियो। मल्ल र ज्योतिबीच सो लेनदेनमा सरकारी वकिलको कार्यालयमा ‘सहमति’ भएपछि उनलाई प्रहरीले छोडेको हो।
ज्योति र मल्लबीच घर-जग्गा कारोबारको विवाद थियो। यसै सिलसिलामा मल्लले प्रहरीमा ठगी मुद्दाको जाहेरी दिएका थिए। त्यही जाहेरीका आधारमा सर्वोच्च अदालतले पक्रन अनुमति दिएपछि प्रहरीले कात्तिक २१ गते ज्योति र उनकी छोरी सुरुचिलाई पक्राउ गरेको थियो।
सोही प्रकरणमा ज्योतिका दाइ पद्म ज्योतिलाई समेत काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो।
तर अब रूपज्योतिविरुद्ध यस विषयमा कुनै मुद्दा नचल्ने भएको छ ।





























प्रतिक्रिया