काठमाडौं ।
केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँचवटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गरेको छ । मन्त्रिपरिषद्को निणर्यसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको तल्लो सदन विघटनको सिफारीस गरेसँगै देशमा प्रचण्ड–नेपाल नेकपा पक्षसहित अन्य प्रतिपक्षी दलहरू सरकारको विरोधमा उत्रिएका छन् । कांग्रेसले सोमबार देशमा १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन गरेको छ भने, संसद पुर्नस्थापनप्रति अदालतले न्याय गर्नेमा समेत कंग्रेस विश्वस्त रहेको नेताहरूले बताएका छन् ।
प्रतिनिधी सभा विगठनसँगै नेपाल क्युनिष्ट पार्टी नेकपामा देखिएको विवाद र फुटको अवस्थालाई केन्द्रमा राखेर नेपाल भ्रमण रहेको चिनियाँ टोलीले आइतबार र सोमबार गरेर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न शिर्ष नेताहरूसँग भेटवार्ता गरेको छ । भेटमा प्रष्टसँग के के कुरामा छलफल केन्द्रित भयो भन्ने उल्लेख नगरिए पनि चिनियाँ टोलीले नेपाली राजनीतिक स्थिरताबारे चिन्ता जाहेर गरेको स्रोतले बताएको छ । यो सँगै फुटको अवस्थामा रहेको नेपाल कम्युनिष्ट पार्टीको एकतामा चिनियाँ पक्षले जोड दिएको बताइएको छ ।
नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । जस अनुसार निगम झण्डै १३ अर्बले नाफामा रहेको देखाएको छ । विशेष गरेर कोभिड–१९ को असरका बीच इन्धन खपतमा कमि रहँदा रहँदै पनि निगमले अघिल्लो आर्थिक वर्षको भन्दा ५ प्रतिशत बढी मूनाफा आर्जन गरेको हो ।
बेलायतमा देखिएको नयाँ प्रजाति (भेरियन्ट)को कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट आएका १ सय ९३ जना मध्ये पाँच जनामा संक्रमण पुष्टि भएको हो । यद्यपि पिसिआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले पुनः परीक्षणका लागि संक्रमितको स्वाब अन्य मूलुकमा पठाउने तयारी भएको मन्त्रालयले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अर्ब डलरको राहत प्याकेज सम्बन्धी एक आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पद्वारा हस्ताक्षरित उक्त राहत प्याकेजमा नेपालका लागि पनि १३ करोड अमेरिकी डलर अर्थात (साढे १५ अर्ब) भन्दा बढी विनियोजन गरिएको छ । नेपालको लोकतन्त्र र विकास शीर्षकमा उक्त बजेट छुट्याइएको हो ।





























प्रतिक्रिया