संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरुवा नगर्न भन्दै कर्मचारीहरूले आफूलाई धम्की दिएको बताएका छन् ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवा विधेयक’माथि दफावार छलफल भइरहँदा मन्त्री पण्डितले यस्तो बताएका हुन् ।
सरुवा गर्न खोज्दा आफूलाई एक सहसचिव तहको कर्मचारीले ‘सबैभन्दा खराब मन्त्री होस् तँ, तँलाई थुक्छु’समेत भनेको भन्दै पण्डितले गुनासो गरे ।
मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै कर्मचारी ऐन पनि परिवर्तन गरेर अघि बढ्नु समयको आवश्यकता भएको बताउँदै मन्त्री पण्डितले कुनै एउटा कर्मचारी वर्षमा दुई सय १० दिनसम्म विदेश भ्रमणमा गएकोसमेत पाइएको जिकिर गरे । यस्ता कर्मचारी प्रशासनबाट काम चल्न नसक्ने उनको भनाइ थियो ।
छलफलमा बोल्दै सांसद जनार्दन शर्माले ज्येष्ठताको आधारमा भन्दा पनि कार्यक्षमताका आधारमा कर्मचारीको बढुवा गर्नुपर्ने कुरामा जोड दिए ।
विधेयकको दफा २९ मा रहेको ‘कर्मचारीको कार्यक्षमताका आधारमा बढुवा’सम्बन्धी व्यवस्थामाथि बिहीबार छलफल भएको हो ।































प्रतिक्रिया