नेपाल बैंकको निक्षेप र कर्जामा नयाँ योजना सार्वजनिक

नेपाल बैंकको निक्षेप र कर्जामा नयाँ योजना सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले निक्षेप र कर्जाका नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ८३ औं वर्ष प्रवेश गरेको अवसरमा निक्षेप र कर्जाका नयाँ योजना सार्वजनिक गरेको हो । नेपालको सबै भन्दा पहिलो बैंक आउँदो शनिबार ८३ वर्षमा प्रवेश गर्दैछ । बैंकले निक्षेपतर्फ ग्रिन सेभिङ्ग र कर्जातर्फ सुलभ आवास कर्जा योजना ल्याएको छ ।

सुलभ आवास कर्जा योजना अन्तर्गत आफ्नै जग्गामा आवास निमार्ण गर्न, घर खरिद गर्न र घर मर्मत लगायतका कार्य गर्न कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । उक्त योजना अन्तर्गत कर्जाको आधार दरमा १ देखि २ प्रतिशतसम्म थप गरी कायम गरिएको पनि जनाएको छ ।

यो कर्जा सुविधा ५ देखि २० वर्षसम्मको अवधिका लागि प्रवाह गरिने बैंकका कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारीले बताए । यस्तै, ग्रिन सेभिङ्ग योजनामा सहभागी हुन ग्राहकले २५ हजार रुपैयाँको बचत खाता खोल्नु पर्ने हुन्छ ।

उक्त निक्षेप खातामा ग्राहकले ६ दशमलव पाँच प्रतिशत व्याजका साथै एक वर्षसम्म बैंकको डेविट कार्डबाट अन्य जुनसुकै बैंकबाट निःशुल्क कोरोबार गर्न सक्ने छन् ।

साथै, ग्राहकले निःशुल्क एटिएम भिसा डेविट कार्ड, मोबाइल बैंकिङ रजिष्ट्रेसन सुविधा, एविएस सुविधा, इन्टरनेट बैंकिङ, ५० हजारसम्मको औषधी उपचार, ५० लाखसम्मको दुर्घटना बिमा लगायतका सुविधा पनि पाउने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए । उक्त योजना अन्तर्गत संकलित रकम नवीकरणीय उर्जा तथा वातावरण मैत्री क्षेत्रमा प्रवाह गरिने प्रवक्ता अधिकारीले बताए ।

Skip This
Skip This
Logo