शिकार खेल्न जाँदा गोली लागेर मृत्यु

शिकार खेल्न जाँदा गोली लागेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

उदयपुर,

उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा बस्ने ५९ वर्षीय शङ्कर राउतको गएराति झगडेटार जङ्गलमा गोली लागेर मृत्यु भएको छ ।

रात्रिको समयमा साथीहरुसँग शिकार खेल्न गएको बेला भरुवा बन्दुकको गोली लागेर राउतको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताउनुभयो । मृतक राउतसहित ६ जना झगडेटारको जङ्गलमा रात्रिको समयमा शिकार खेल्न गएको बताइएको छ ।

राउतसँग कालिजको शिकार गर्न गएकामध्ये दुई जनालाई बुधबार पक्राउ गरेर अनुसन्धान शुरु गरिएको र बाँकी फरारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख केसीले बताउनुभयो ।

गोली लागेको विषयमा पनि प्रहरीले अनुसन्धान शुरु गरेको बताएको छ । मृतक राउतको शव परीक्षणका लागि घटनास्थलबाट कटारी अस्पतालमा ल्याइएको र घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले बताएको छ ।

Logo