मेडिकल कलेजहरुलाई शिक्षामन्त्रीको चेतावनी- ‘१५ दिन शुल्क फिर्ता नगरे ठगी मुद्दा’

मेडिकल कलेजहरुलाई शिक्षामन्त्रीको चेतावनी- ‘१५ दिन शुल्क फिर्ता नगरे ठगी मुद्दा’

केन्द्रबिन्दु
0
Shares

नेपाल सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाही गर्ने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताएका हुन् । सोमबार युनेस्कोको बैठकमा सहभागी हुन आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रि पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय निर्णय भएको बताए । यस बारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई आज पत्र लेखेर जानकारी गरिने पनि बताए ।

मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो । यता निजी मेडिकल कलेज सञ्चालकहरु सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्कि दिदै आएका छन् ।

यस्तै पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले अनसनरत डा गोबिन्द केसीलाई अनसन छोडेर कानून कार्यान्वयनमा सघाउन अनुरोध गरेका छन् । डा. केसिको मागलाई सम्बोधन गर्दै सरकारले कार्यान्वयन गर्न सुरु गरेको मन्त्रि पोखरेलले बताए। अहिले देश सीमा बिबादमा अल्झिएर संवेदनशील भइरहेको अवस्थामा अनसन बसेर सरकारलाई अनावश्यक दबाब नदिन डा. केसिलाई आग्रह गरे ।

डा. केसी विभिन्न माग राखी ८ दिन देखि डडेलधुरामा अनसन बसिरहेका छन् । डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

Logo