पूर्वमन्त्री रूप ज्योती र उनकी छोरीलाई थप पाँच दिन म्याद थप

पूर्वमन्त्री रूप ज्योती र उनकी छोरीलाई थप पाँच दिन म्याद थप

केन्द्रबिन्दु
0
Shares

ठगी आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री रूप ज्योति र उनकी छोरी सुरुचीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ । यसअघि गत बिहीबार पक्राउ परेका उनीहरुलाई शुक्रबार अदालतमा उपस्थित गराइएकामा ३ दिन म्याद थप गरिएको थियो।

पौने ३ करोड रुपैयाँ बराबरको ठगी आरोपमा पक्राउ परेका रूप ज्योती र उनीकी छोरी सुरुचीमाथि अनुसन्धान भइरहेको छ । हाउजिङ कम्पनी ल्यान्डमार्क डेभलपर्स प्रालिमार्फत् धेरैजनालाई ठगी गरेको भन्दै ज्योतीविरुद्ध मुद्दा परेपछि काठमाडौं जिल्ला अदालतले गत वर्ष मंसिर २० गते उनलाई पक्राउ गर्न आदेश दिएको थियो।

ज्योतिको हाउजिङ कम्पनी ल्यान्डमार्क डेभलपर्स छोरी सुरुचीको नाममा रहेका कारण ठगीमा उनको पनि संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

Logo