सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । प्रहरीको खोजी सूचिमा रहेका मन्त्री रावलले आइतबार राजीनामा दिएका हुन् ।
‘ममाथि लगाउन खवजिएका आरोप तथा लाञ्छनाको निष्पक्ष र तथ्ययुक्त छानबिन होस् र त्यस्तो पूर्वाग्रहरहित वस्तुपरक छानबिनमा मेरो पूर्ण सहयोग रहनेछ’, राजीनामा पत्रमा भनिएको छ, ‘यस्तो छानबिन गर्न सहज होस् र न्याय स्थापित होस् भन्ने आशयबाट मैले बहन गर्दै आएको सुदूरपश्चिम सरकारको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीको पदबाट आजैका मितिदेखि राजीनामा दिएको छु।’
उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दायर भई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । मन्त्री रावलविरुद्ध गत साउन ७ गते जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा किर्ते मुद्दा दायर गरिएको थियो ।
जनज्योति एजुकेसन फाउन्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको भन्दै उनीसहित ३६ जनाविरुद्ध १५ करोड ६७ लाख रुपैयाँ बिगोदाबी सहित मुद्दा दायर भएको हो ।





























प्रतिक्रिया