गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’ सार्वजनिक भएको छ ।
गिरीले शुक्रवार आफ्नै यूट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। गिरी स्वयंको शब्द तथा संकलन रहेको गीतमा मेलिना राईको पनि स्वर रहेको छ । गीतको भिडियोमा सुनिल गिरी र उर्मिला गुरुङले अभिनय गरेका छन् ।
मनाङ गुरुङले कोरियोग्राफी गरेको भिडियोलाई हरि श्रेष्ठ र उज्वल सापकोटाले खिचेका हुन् । श्यामश्वेत रसाइलीले एरेन्ज गरेको गीतलाई प्रिज्म स्टुडियोमा रेकर्डिङ गरिएको हो ।





























प्रतिक्रिया