ग्लोबल आईएमई बैंकको थप १० शाखारहित बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकको थप १० शाखारहित बैंकिङ सेवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लाहरूमा थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले बाग्लुङ जिल्लाका ताराखोला गाउँपालिका–२, नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका–३, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–५, बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका–८, म्याग्दीको रघुगंगा गाउँपालिका–१, मकवानपुरको बागमती गाउँपालिका–६, रोल्पा जिल्लाको रोल्पा नगरपालिका–३, लुुंग्रीगाउँपालिका–३, गंगादेव गाउँपालिका–१ र परिवर्तन गाउँपालिका–६, नाफेमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो ।

यी १० वटै शाखारहित बैंकिङ सेवाहरू स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको रोहवरमा उद्घाटन भएका हुन् । थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ सेवाको संख्या १ सय ९४ पुगेको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् ।

Skip This
Skip This
Logo