काठमाडौं,
खुल्ला टुँडिखेलका लागि दबाब दिन आज बिहान मानव साङ्लोले टुँडिखेललाई घेरिने भएको छ ।
‘अकुपाई टुँडिखेल’ नाम दिइएको यो अभियान अन्तर्गत आज बिहान ८ बजेपछि मानव साङ्लोले टुँडिखेललाई घेर्न थालिएको हो । यो अभियानमा विभिन्न राजनीतिक दल, स्थानीय नागरिक, अभियन्ता, पत्रकार , बुद्धीजिवी लगायतको सहभागिता रहने जनाइएको छ ।
पहिलो चरणमा टुँडिखेल अन्तर्गतको खुल्लामञ्चमा भएको अतिक्रमणविरुद्धको अभियानमा हजारौं मानिस मानव साङ्लो बनाएर सांकेतिक आन्दोलनमा सहभागी हुने आयोजकले अपेक्षा लिएको छ ।
आज पहिलो चरणको समापनपछि तीन महिनासम्म हरेक शनिबार टुँडिखेल क्षेत्रमा रचनात्मक र चेतनामूलक कार्यक्रम संचालन गरिने पनि अभियानका संयोजक विजयलाल श्रेष्ठले जानकारी दिए ।































प्रतिक्रिया