आगामी महिना नेपालमा हुने १३औं दक्षिण एसियाली (साग) खेलकुद प्रतियोगिता अन्तर्गत हुने क्रिकेट खेलमा भारत र पाकिस्तानले भाग नलिने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपलब्ध गराएको तथ्याङ्क अनुसार भारत र पाकिस्तानले सहभागिता नजनाउने भएका हुन् । टेष्ट मान्यता प्राप्त देशले यू-२३ टिम सहभागी गराउनुपर्ने नियम भए पनि दुवै देशले क्रिकेटबाट हात झिकेका हुन् ।
राखेपका अनुसार सागमा आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिंग, साइक्लिन, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कराते, कबड्डी, खोखो, प्याराग्लाइडिंग, सुटिङ, स्वीमिङ, स्क्वास, टेबलटेनिस, टेनिस, तेक्वान्दो, भलिबल, भारोत्तोलन, रेश्लिङ, ट्राइथलन र उसु गरी जम्मा २७ खेल समावेश छन् ।
सागमा समावेश २७ वटै खेलमा भाग लिने नेपाल मात्रै छ । बंगलादेश र श्रीलंकाले २५ खेलमा, पाकिस्तानले १८, भारतले १७, भुटानले १४ र माल्दिभ्सले ११ खेलमा भाग लिने छन् ।
कुन देशको कति खेलमा खेल्दै छन् त, हेरौं,






























प्रतिक्रिया