कालापानी र लिपुलेकका विषयमा साझा पार्टीको आपत्ति

कालापानी र लिपुलेकका विषयमा साझा पार्टीको आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
साझा पार्टीले नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भू–भाग दाबी गरेकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “भारत सरकारको यो कदम अन्तर्राष्ट्रिय कानूनको विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप हो ।”

नेपालका दर्जनौँ ठाउँमा भारतबाट भएको सीमा अतिक्रमणको निरन्तररुपमा विरोध गर्दै आएको जनाउँदै उक्त पार्टीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भ–ूभाग रहेको स्पष्ट पार्न र जारी नक्सा सच्याउन सरकारसँग आग्रह गरेको छ ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्नेमा साझाले जोड दिएको छ ।

Logo