प्रतिनिधिसभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दै

प्रतिनिधिसभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते संसद् विघटन गरेपछि नेपाली कांग्रेसले यसको विरोध गर्दै आएको छ । यसैक्रममा आज देशभर प्रदर्शन गर्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले आइतबार एक वक्तव्य जारी गरि कांग्रेसले सर्वसम्मतिबाट आन्दोलनमा जाने निर्णय गरेको भन्दै उत्साहजनक सहभागिताका लागि अपिल गरेका थिए ।

‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकसाथ उभिएको छ,’’ देउवाको वक्तव्यमा भनिएको छ, ‘‘जारी केन्द्रीय कार्यसमितिमा म आफैँले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’’

आज कुन नेता कहाँ ?

आजको विरोध सभामा सभापति देउवाले भक्तपुर, प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं–२ मा सम्बोधन गर्ने भएका छन् । यस्तै युवा नेता गगन थापाले नेपालगन्ज र धनराज गुरुङले गोरखामा सम्बोधन गर्ने कार्यक्रम छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ पुगेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहले नयाँबानेश्वरमा सम्बोधन गर्ने बताइएको छ ।

 

Logo