लिपुलेक र कालापानीका विषयमा सरकारको धारणा आउनु पर्ने नेविसंघको माग

लिपुलेक र कालापानीका विषयमा सरकारको धारणा आउनु पर्ने नेविसंघको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

भारत सरकारले नेपालका कालापानी र लिपुलेक जस्ता महत्त्वपूर्ण स्थानहरुलाई आफ्नो नक्सामा राखेको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ आन्दोलित बनेको छ।

नेपाल विद्यार्थी संघ आर आर इकाईले त्यसका बिरुद्ध आज आर आर क्याम्पसमा बिरोध कार्यक्रम पनि गरेको छ। बिरोध कार्यक्रमलाई नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष सागर परियार, नेपाल विद्यार्थी संघ आर आरका इकाई अध्यक्ष सन्जीव ढकाल संघका सचिव अनुराग शाह लगायका नेताहरूले सम्बोधन गरेका थिए ।

बिरोध कार्यक्रममा सम्बोधन गर्ने सबैले नेपाल सरकारले भारतको यो कदमको बारेमा आफ्नो धारणा किन सार्वजनिक नगरेको भन्दै आक्रोशित बनेका थिए । उनीहरुले सरकारले मौन बसेर के लिपुलेक र कालापानी आफैंले बेचेको हो त भनेर प्रश्न पनि गरे । भारत सरकारको यो रबैयाका विरुद्ध नेपाल सरकार मौन भए झन आन्दोलन चर्काउने नेपाल विद्यार्थी संघका आर आर इकाई सचिव अनुराग शाहले जानकारी दिए । उनले आन्दोलनलाई खेलाची सोचे सरकारले त्यसको परिणाम नराम्रो पाउने पनि तर्क गरे।

Skip This
Skip This
Logo