निर्माणाधीन गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

निर्माणाधीन गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

केन्द्रबिन्दु
0
Shares

बुधबार बिहान गुलरिया नगरपालिका–६ मा निर्माणाधीन गेष्ट हाउसको छत भत्किँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल छन्। घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी छन्।

घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए।

गुलरिया बजार क्षेत्रमा सडक विस्तारको क्रममा सडक क्षेत्र मिचेर बनाएका घर आंशिक रूपमा भत्काएर पुनःनिर्माण थालिएको छ। रासस

Skip This
Skip This
Logo